नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजारभन्दा तल झर्‍यो

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजारभन्दा तल झर्‍यो

काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा नौ सय ३२ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार नौ सय ४६ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये दुई सय ७९ जनाको आईसीयू र ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर नौ हजार तीन सय ७६ जनाको नमुना परीक्षण गरेकोमा सात सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख आठ हजार ९६ जना र एन्टिजेन विधिबाट गरेिएको परीक्षणमा ९३ हजार नौ सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण ११ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ३७ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ५८ हजार आठ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६५ लाख ४६ हजार दुई सय ३७ पुगेको छ । ८५ लाख ९४ हजार दुई सय ७४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij