थप ५ सय ५७ जनामा कोरोना पुष्टि, ८ सय ७७ जना निको

थप ५ सय ५७ जनामा कोरोना पुष्टि, ८ सय ७७ जना निको

काठमाण्डौ 

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा पाँच सय २२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरी सात हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएको थियो । योसहित पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख नौ हजार ५६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ७७ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८७ हजार पाँच सय सात पुगेको छ । यही अवधिमा तीन जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ४८ पुगेको छ । अहिले १० हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ७३ जनाको आईसीयू र ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij