काठमाडौँ – अमेरिकामार्फत् अनुदानमा प्राप्त कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान एक लाख ६ सय २० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको हो।
कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मार्फत् उक्त खोप नेपाललाई उपलब्ध गराइएको हो । उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आगामी पुषमा ६० लाख मात्रा खोप नेपाल ल्याइँदैछ।
उक्त खोप भने बालबालिकालाई लगाउने सरकारको तयारी छ । आज आएको खोप भण्डारणका लागि आवश्यक अल्ट्रा कोल्डचेन तयार पारिसकेको सरकारले जनाएको छ।
कोभिसिल्ड, एक्स्ट्राजेनेका र भेरोसेलजस्तै फाइजर पनि एक महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ।
प्रकाशित मिति : सोमबार, कार्तिक ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्