प्रहरी माथि खनिए परासीबासी

प्रहरी माथि खनिए परासीबासी

परासी । नागरीकहरुले प्रहरी सेवा प्रभावकारी नभएको गुनासो गरेको छन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार परासी झरही खोला पुल छेउमा आयोजना गरेको नागरीक सुनवाई कार्यक्रममा नागरीकहरुले यस्तेै गुनासो सुनाएका थिए ।

प्रहरी कार्यालयको सेरोफेरोमा घटना दुर्घटना हुदाको बखतमा प्रहरी तत्कालै पुग्ने प्रहरीकै यस अगावैको प्रतिबद्धता भए पनि घटनास्थलमा पुग्न प्रहरी घण्टौ लगाउने गरेको नागरीकले प्रहरी समक्ष गुनासो गरे ।

नागरीलाई सहज रुपमा सेवा दिने भनीए पनि प्रहरीको रबैयामा सुधार नआएकोले आम नागरीहरु समस्यामा परेको नागरीक समाजका अगुवाहरुले बताएका छन ।

घटना दुर्घटनाको सूचना दिने नागरीक लाई नै पहिलो केरकारको निसाना बनाउने परीपाटीले प्रहरीलाई सहयोग गर्न पर्ने अबस्थाामा एक पटक सोच बिचार गरेर मात्र सूचना दिनु पर्ने बाध्यता रहेको सार्बजनिक सुनुवाईमा उठाईएको थियो ।

नवलपरासीको सिमाबर्ति क्षेत्रबाट दैनक चोरी निकासी भईरहेको र प्रहरीले नियन्त्रण गर्न नसकेको नागरीहरुले आरोप लगाएका थिए । बिगत केहि समय यता भारतीय सवारी साधनको ब्यापक प्रयोग भईरहेको र भारतीय मोटर साईकलमा तिन चार जना चढेर हिड्दा पनि प्रहरी मुकदर्शक बनेको सार्बजनिक सुुनुवाईमा उठेको थियो ।

प्रहरी र नागरीक समाज नङ मासुको सम्बन्ध बनाउन चाहे पनि यो संभाबना प्रहरीबाटै तोड्दै गएकोले नागरीहरुको सहयोग लिन प्रहरीलाई समस्या हुने गरेको नागरीकहरुले कार्यक्रममा उठाएका थिए ।

सवारी साधनको ईन्ट्री गर्ने परीपाटी र पुर्बबत ढाट संचालन गरी दर्घटना र अपराध नियन्त्रण गर्न सकिने पनि नागरीकहरुले माग गरेका थिए ।लागु औषधको सेवन र ओसार पसार पेचिलो चुनौति भए पनि प्रहरीले यसको नियन्त्रणमा सफलता पाउन नसकेको नागरीहरुले बताए थिए ।

मोबाईल फोनको कल डिटेल गर्ने अधिकार र सुबिधा प्रहरीलाई दिन सके अपराध नियन्त्रण गर्ने काममा धेरै सहयोगी हुने पनि नागरीहरुले बताएका थिए ।

पहरीले सत्ताधारी दलको दवावमा परि अपराधिलाई उन्मुक्ति दिने परीपाटीले दण्डहिनता बढेको सार्बजनी सुनुवाईमा उठेको थियो । क्षमता कम भएका सडकहरुमा हेवी सवारी संचालनमा रोक लगाउन पर्ने , बजारमा छ्याप छ्याप्ती खुलेआम बिक्री हुने घरेलु मदिरा नियन्त्रण गर्न पर्ने, आम नागरीकले प्रहरी संग निर्धक्क आफ्नो कुरा राख्न पाउनु पर्नेृ, ट्राफिक प्रहरीले अनावश्यक दुख दिने परीपाटीको अन्त हुन पर्ने कुरा पनि सार्बजनीक सुनवाईमा उठेको थियो ।

माग अनुसार प्रहरीले शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना गरीदिन नसकेको भन्दै नागरीहरुले गुनासो पोखेका थिए ।सार्बजनीक सुनुवाईमा पश्चिम नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद भट्टले प्रहरी सेवा प्रभाबकारी बनाउने र सहभागितामुलक बनाउने उदे्दश्य राखेर सार्बजनीक सुनुुवाई कार्याक्रमको आयोजना गरेको बताउदै गत श्राबण यता प्रहरीले १ हजार ६ सय २० जनालाई बिभिन्न प्रहरी सेवा दिईएको जानकारी दिए ।

यो अबधिमा जटील खालका १ सय ३३ सवारी दर्घटना भएका र ३९ जनाको मृत्यु भएको तथा ३५ जना घाईते भएको प्रहरी प्रमुख भटटले जनाए ।श्राबण यता बिभिन्न तस्करीको माल समान पक्राउ गरी ६९ लाख बराबरको राजश्व संकलन भएको पनि प्रहरी प्रमुख भट्टले बताए ।

गत श्राबण यता बिभिन्न प्रहरी गती बिधिमा सुधार आएको प्रहरी प्रमुख भट्टले दावी गरे ।कार्यक्रममा पटक पटक माईक बिग्रेर सुन्ने भन्नेहरुलाई निकै समस्या भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij