भैरहवा । निजी विद्यालयहरुको संस्था प्याब्सन रुपन्देहीको १४ औ अधिवेसनको तयारी पुरा भएको छ ।
शनिबार हुने अधिवेसनले प्याब्सन रुपन्देहीको नयां नेतृत्व पनि चयन गर्ने भएपछि विद्यालय सन्चाकहरुमा प्रतिसपर्धा पनि देखिएको छ ।
प्याब्सनका सचिव लक्ष्मण ज्ञवालीका अनुसार अहिले सम्म बरिष्ठ उपाध्यक्षमा अनन्तराम शर्मा र सचिवमा लक्ष्मण ज्ञवाली सर्वसम्मत भईसकेका छन् भने अन्य पदमा उम्मेदवारी तोकीए भन्दा बढी दर्ता भएकोले चुनाब हुने लक्षण देखिएको छ ।
सचिव ज्ञवालीले भने , ‘सकेसम्म सम्पुर्ण टिम नै सर्वसम्मत गराउनेगरी पहल भईरहेको छ । हुन नसकेको पदमा चुनावबाट चयन गरिने तयारी पनि छ । ’
अध्यक्षकोलागी वर्तमान अध्यक्ष लेखनाथ पौडेल र लालहरी पाण्डेले उम्मेदवारी दिएका छन् । यसैगरी उपाध्यक्षकोलागी महेश भुर्तेल, एकनारायण काफ्ले र कमल प्रसाद रेग्मीले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा दिपक खनाल र रामदेव यादव, सहसचिवमा के एन सागर ज्ञवाली , तोलाकान्त डुम्रे र कपिलमणी ढकालले उम्मेदवारी दिएका छन् । यसैगरी सहकोषाध्यक्षमा लिलाधर गौतम र गंगाराम गुप्ताले उम्मेदवारी दिएका छन् ।
२ सय ५ जना मतादाता रहेको प्याब्सन रुपन्देहीको १६ औ साधरण सभा तथा १४ अधिवेसनको शनिबार मणिग्राममा उद्घाटन हुने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्