वर्षासँगै टिएमजे क्षेत्रमा हिमपात, चिसो बढ्यो

वर्षासँगै टिएमजे क्षेत्रमा हिमपात, चिसो बढ्यो

बुटवल । वर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् ।

शुक्रबार दिउँसोबाट हिमपात सुरु भएपछि तीनजुरे–मिल्के–जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । यो क्षेत्रमा वर्षासँगै सिजनमै पहिलो पटक हिमपात भएको हो । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ ।

तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र हिउँले ढाकेको छ ।

यी क्षेत्रमा अघिल्ला वर्षहरुमा योभन्दा ढिलो मात्रै हिमपात हुने गरेको थियो । पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सीलगायत क्षेत्रमा पनि हिमपात भएको छ ।

चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दुई फिट हिमपात भएको गुफाबजारस्थित गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताउनुभयो । दिउँसोबाट उच्च क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ ।

हिउँ खेल्न जिल्लाका तल्लो क्षेत्र र धनकुटा, धरानदेखि समेत सयौँको संख्यामा पुगेका छन् । ओयाक्जुङ, श्रीजुङ, मोराहाङ, आम्बुङ, म्याङलुङ, सोल्मा, सुङनामलगायत बस्तीहरुमा समेत बाक्लो तुषारो परेको छ ।

लामो समयपछि एकसाथ वर्षा र हिमपात भएका कारण ह्वात्तै चिसो बढेको छ । चिसाका कारण जिल्लाका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण चिसो बढेपछि दर्जनौँ सरकारी र गैरसरकारी कार्यालयका कार्यक्रमहरु समेत स्थगित भएका छन् ।

वर्षाले जिल्लाका किसानलाई समेत हर्षित बनाएको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसानलाई वर्षाले बाली लगाउन सहज हुने भएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij