थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या ७ हजारमा झर्‍यो

थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या ७ हजारमा झर्‍यो

काठमाडौं – नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।

गत चौबीस घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ र १ हजार ५९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १५ जना गरि कुल ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ९६६ र एन्टीजेन विधिबाट ९५ हजार ८७ पुगेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३४८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ७ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४७७ पुगेको छ । त्यस्तै चौबीस घण्टामा १५ हजार ९०६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij