२४ घण्टामा ४ सय २ जनामा काेराेना पुष्टि, ७४ हजार ४ सय ५२ जनाले खाेप लगाए

२४ घण्टामा ४ सय २ जनामा काेराेना पुष्टि, ७४ हजार ४ सय ५२ जनाले खाेप लगाए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर साढे तीन प्रतिशतभन्दा तल झरेको छ । १२ हजार चार सय दुई जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ३५ प्रतिशत अर्थात् चार सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका चार सय दुई जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १७ हजार तीन सय ३३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा दुई सय ७० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार पाँच सय ४४ पुगेको छ ।

यही अवधिमा एक जना काेराेना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७८ पुगेको छ ।

अहिले नेपालमा सात हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ७४ हजार चार सय ५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७५ लाख ८० हजार एक सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ८८ लाख ७६ हजार तीन सय सात जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । १८ वर्षमाथिको जनसङ्ख्याको ३८ प्रतिशत नागरिकले पूर्ण मात्रा र ४४ दशमलव ६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : सोमबार, कार्तिक २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij