तिलाेत्तमा नगरपालिका वाड नम्बर एकबालमैत्री नगरपालिका घोषणा

तिलाेत्तमा नगरपालिका वाड नम्बर एकबालमैत्री नगरपालिका घोषणा

तिलाेत्तमा नगरपालिकाकाे वाड नम्बर एकलाई बालमैत्री वाड घाेषणा गरिएकाे छ । एक कार्यक्रमकाे अायाेजना गरि साेमबार वाडलाई बालविवाह , निकृष्ट बालश्रममुक्त स्थानीय शासन घाेषणा गरिएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेले घाेषणा गर्नु सहज भएकाे तर यसलाई कार्यान्व्यन गर्नु निकै चुनाैति भएकाे बताउनुभयाे । विद्यालयका संरचनाहरू पूर्णरूपमा बालमैत्री हुनुपर्ने भन्दै उहाँले हरेक याेजनामा बालबालिकालाई नै राखेर निर्णय गर्नुपर्ने बताउनुभयाे । त्यसतै वाड अध्यक्ष तामनाथ पाण्डेले बिगत केही समयदेखि यश काममा निरन्तर खटिएर काम गरेकाे र यसमा साथ दिने सबैमा धन्यवाद व्यक्त गर्नुभएकाे छ । उहाँले १८ वर्ष मुनिका कुनै पनि बालबालिकालाई कहि कतै पनि काममा नलगाउन र यदि त्यस्तो भएकाे पाइएमा तुरून्तै जनकारी गराउन अाग्रह गर्दै तुरून्तै कारबाही समेत गरिने बताउनुभयाे । यश कार्यक्रम घाेषणा गर्न सहज भएकाे र यसलाई कायम गरिराख्नु सबैकाे दायित्व भएकाे बताउनुभयाे । बालमैत्रीका लागि ५१ सूचक पार गर्दै नगरका सबै वाड बालमैत्री वाड घाेषित भएका छन् । कार्यक्रममा विद्यार्थी , टाेलविकास संस्था , अामा समूह , समाजसेवी व्यक्ति , स्वास्थ्य स्वयंसेविकालगायतकाे सहभागिता रहेकाे थियाे । भाेलि मंसिर २९ गते बुधबार तिलाेत्तमा नगरपलिका बालमैत्री नगरपालिका घाेषित हुँदैछ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij