काठमाडौं – पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना-१९ विरुद्धको खोपल गाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खाेप लगाउने जानकारी दिए।
उनका अनुसार १२ देखि १८ उमेर समूहका सबै बालबालिकाहरूलाई पुस १४ गतेसम्म मोडर्ना खोप लगाउने सरकारको लक्ष्य छ। ‘बालबालिकालाई सहज होस् भनी जिल्लाको उपयुक्त हुने विद्यालयलाई खोप केन्द्र तोकिएको छ,त्यहीँबाट उनीहरूलाई खोप लगाइन्छ,’उनले भने।
सरकारले अमेरिकाबाट ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा ल्याइसकेको छ।
प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्