नवलपरासी । नवलपरासीको वर्दघाट न.पा. १२ स्थित जहदा पुस्तकालयको आयोजनामा कवि खगेन्द्र बस्यालव्दारा लिखित हाइकुहरुको ¥यालीसहितको प्रभातफेरी कार्यक्रम आज (शनिबार) सम्पन्न भएको छ ।
स्थानीय मझेरी आमा समूह, श्रृजनशील आमा समूह, बुद्ध मंगल रेडक्रस उपशाखा जहदाको सह आयोजनामा कार्यक्रम भएको थियो ।
त्यसअघि, १०५ वटा हाइकू लेखिएका प्रत्येक प्लेकार्ड लिएका सहभागी सँगैको ¥यालीमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवम् साहित्यकार विष्णु लामिछाने, प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारी, पूर्व सभासद् विक्रम खनाल, साहित्यकार एवम् प्राध्यापक ऋषिराम भुसाल, पत्रकार एवम् साहित्यकार दीपक ज्ञवाली लगायत सयौंको संख्यामा रहेका सहभागीले स्थानीय भटौलिया बजार परिक्रमा गरेका थिए ।
सो अवसरमा प्रदेशसभा सदस्य एवम् साहित्यकार लामिछाने, पूर्व सभासद् खनाल, बर्दघाट नगरपालिकाका उपमेयर माया पौडेल लगायतले नेपालमै पहिलोपटक हाइकु प्रदर्शनी जहदामा आयोजना गरिएको भन्दै खुशी व्यक्त गरेका थिए ।
साथै, वक्ताहरुले राजनीतिकर्मी समेत प्रभावित हुने साहित्यबाट कोही अछुतो नहुने भन्दै यस्ता प्रदर्शनीका कार्यक्रम अन्यत्र समेत सञ्चालन गर्न सुझाव दिएका थिए ।
सो अवसरमा रचनाकार एवम् कवि बस्यालले हाइकुको सन्दर्भमा यो पाँचौ श्रृँखला भएको बताउँदै, प्रत्येक श्रृँखलामा नवीनता थप्दै आएको उल्लेख गर्नुभएको थियो ।
जहदा पुस्तकालयका अध्यक्ष सुरज के.सी.को सभापतित्व तथा सचिव गोपालसिंह आलेको सञ्चालनमा भएको कार्यक्रममा दिपक बराल, पाल्ही क्याम्पसका क्याम्पस प्रमुख कैलाश ठाकुर, साहित्यकार दीपकप्रकाश लोहनी, हरि अधिकारी लगायतले बाेलेका थिए ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्