थप २७१ जनामा कोरोना संक्रमण‚ २२५ संक्रमणमुक्त

थप २७१ जनामा कोरोना संक्रमण‚ २२५ संक्रमणमुक्त

काठमाडौँ – नेपालमा सोमबार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार १ सय ५७ पीसीआर परीक्षणका क्रममा २ सय ५१ जना र १ हजार ७ सय २९ एन्टीजेन परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ६ सय ७३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ५ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ३१ सक्रिय संक्रमित आइसोलेसन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, पुष १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij