JanataToday.com

Advertisment

SKIP THIS

एटलसको साधरण सभा सम्पन्न

एटलसको साधरण सभा सम्पन्न

बुटवल । एटलस वेलफेयर अर्गनाइजेशन ले आफ्नो तेस्रो वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम शनिवार तिलोत्तमाको तिलोत्तमा पार्कमा सम्पन्न गरेको छ।

समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने,शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको अर्गनाइजेशनले शनिबार एक कार्यक्रम गर्दै साधारण सभा सम्पन गरेकाे हाे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. आठ का अध्यक्ष भिम बहादुर श्रेष्ठले संस्थाको सामाजिक तथा सिपमुलक कार्यमा नगरपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको बताए ।

कार्यक्रममा प्रेमचन श्रेष्ठ, चन्द्र बहादुर महत,सपना खनाल लगाएतले बोलेका थिए । संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष लोक कुमारी सारुले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम कल्पना श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष राजेश थैवको स्वागत तथा सह सचिब मधु ढकालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij