JanataToday.com

Advertisment

SKIP THIS

आवश्यक स्वास्थ सर्तकतासहित वित्तीय कारोबार सञ्चालन गर्न राष्ट्र बैकको निर्देशन

आवश्यक स्वास्थ सर्तकतासहित वित्तीय कारोबार सञ्चालन गर्न राष्ट्र बैकको निर्देशन

काठमाडाैं – नेपाल राष्ट्र बैकले आवश्यक स्वास्थ सर्तकतासहित वित्तीय कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । सोमबार सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थासमेतको नाउँमा सार्वजनिक सूचना जारी गर्दे कोभिड-१९ को विश्व महामहारीबाट बचेर आवस्यक स्वास्थ सर्तकर्तासहित वित्तीय कारोबार सञ्चाल गर्न निर्देशन दिएको हो ।

यस अन्तर्गत नेपाल सरकार तथा विश्व स्वास्थ संगठनको स्वास्थ सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्युनीकरण गर्न आवस्यक उपायहरु अवलम्वन गर्न निर्देशन दिएको छ । यसैगरी सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्युनीकरण गर्न ढोका खुल्ला राखी स्यानीटाईजर लगायतका सामाग्रीहरुको व्यवस्था गर्ने पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।

यसैगरी बैंक तथा बित्तीय संस्थारुबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यव्रmमहरुमा भौत्तिक दुरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रमहरु सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : सोमबार, पुष २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij