काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९९ हजार रुपैयाँमा पुगेको छ।
भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । सुनको भाउ यसरी बढ्नुको मुख्य कारण अहिले रुस र युक्रेनको विवाद नै भएको उहाँको भनाइ छ ।
युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएकाे छ । यसकै कारण सुनको बजारमा असर परेको शाक्यले बताउनुभयो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्