काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा नयाँ वर्ष मनाइरहेको बेला विष्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
बिस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ ।
उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा परि झण्डै ४० जना हराइरहेका छन्। उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र बिबिसीले जनाएका छन् । भवनमा १२० जनाको बसोबास थियो ।
अहिलेसम्म कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको सरकारी अधिकारले जानकारी दिएका छन् । उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै उद्धार गर्न सकिने आशमा उद्धारकार्यलाई जारी राखेका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिन घटनास्थल पुगेर निरिक्षण गरेका छन् । भवनमा सोमबार बिस्फोट भएको हो । नयाँ वर्षको तयारीमा विश्वभर उत्सव मनाइरहेका बेला र मग्नितागोस्र्कमा विपद आएको हो । राष्ट्रपति पुटिनले प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने बताएका छन् ।
भवनको पहिलो तलामा बिस्फोट भएको हो । ग्यास लिक भएर बिस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : मंगलबार, पुष १७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्