JanataToday.com

Advertisment

SKIP THIS

विजनेश इन्कुवेशन कार्यक्रमका प्रशिक्षकलाई प्रशिक्षण

विजनेश इन्कुवेशन कार्यक्रमका प्रशिक्षकलाई प्रशिक्षण

बुटवल

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा सञ्चालनको तयारी गरिएको विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रमको लागि प्रशिक्षकलाई प्रशिक्षण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, लुम्बिनी वाणिज्य क्याम्पस, युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ.) रुपन्देही र अन्तरप्रेरणाको सहकार्यमा दोस्रो संस्करणको विजनेश इन्कुवेशन कार्यक्रमको तयारी गरिएको छ ।

६ महिने उक्त कार्यक्रममा नवउद्यमीहरुलाई प्रशिक्षण तथा सहजिकरणको लागि प्रशिक्षकलाई तीन दिने प्रशिक्षण गरिएको हो । आईतबारदेखि सुरु गरिएको प्रशिक्षण मंगलबार सकिएको छ । उनीहरुलाई अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले प्रशिक्षण गर्नुभएको हो ।

अघिल्लो वर्ष पनि यी साझेदारहरुको सहकार्यमा पहिलो संस्करणको विजनेश इन्कुवेशन कार्यक्रम गरिएको थियो । नौलो सोंच, नौलो व्यवसायिक योजना र जाँगर भएका नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश ईन्कुवेश कार्यक्रम आयोजना गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो । उक्त कार्यक्रमको लागि संघका कार्यक्रम अधिकृत केशव ढकाललाई फोकल प्रसन तोकिएको छ ।

यो कार्यक्रमको लागि संघले विजनेशमा अग्रसर नयाँ सोंच भएका तथा नवउद्यमीहरुलाई आवेदन आह्वान गरेको थियो । जसमध्ये ३२ जनाले आवेदन दिएका छन् । विजनेश इन्कुवेशन कार्यक्रममा सहभागि छनौट प्रक्रियामा रहेको र उनीहरुको छनौट भएपछि तत्कालै कार्यक्रम अगाडि बढाउनको लागि प्रशिक्षक प्रशिक्षण गरिएको हो । कार्यक्रम सुरु भएपछि नवउद्यमीको विजनेशलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ, त्यसविषयमा अनुभवहरु आदान प्रदान गर्नेछन् ।

प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij