JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा कृषि मेला शुरु: कालिगण्डकी–तिनाउ डाईभर्सनमा प्रदेश प्रमुख शेरचनको जोड

बुटवलमा कृषि मेला शुरु: कालिगण्डकी–तिनाउ डाईभर्सनमा प्रदेश प्रमुख शेरचनको जोड

बुटवल

बुटवलमा कृषि मेला–२०७८ शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुभयो ।

‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कृषि मेलाको बिहिबार उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले पुनः कालिगण्डकी–तिनाउ डाईभर्सनमा जोड दिनुभयो । उहाँले यस क्षेत्रको कृषिको आधुनिकिकरण र व्यवसायिकिकरणको लागि पनि पानी अपरिहार्य रहेको बताउँदै राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाईभर्सनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय हितलाई ख्याल नगरी सन्धि सम्झौता गरिएको कारण आफ्नो देशको पानी आफैले प्रयोग गर्न नपाईएको बताउँदै प्रदेश प्रमुख शेरचनले यहिबाट लगेको पानीले भारतमा ३÷४ बाली उत्पादन गर्ने र त्यहि उत्पादन नेपालमा आयात गर्नुपरेको भनाई राख्नुभयो । यो परिस्थिती तोड्को लागि पनि कालिगण्डकी–तिनाउ डाईभर्सन अपरिहार्य रहेको उहाँको भनाई छ ।

त्यस्तै उहाँले आयात प्रतिस्थापन गर्ने गरी कृषि उत्पादनमा जोड दिनुभयो । त्यसको लागि सरकारले नीतिगत व्यवस्था गरि कृषिमा आकर्षण गर्नुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यवसायिक विकास गरि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताउनु भयो । उहाँले कृषिमा आधुनिकिकरण र व्यवसायिक विकासको लागि संघले पहिलेदेखि नै पहल र पैरवी गर्दै आएको भनाई राख्नुभयो । अध्यक्ष कसजूले कृषिमा बैज्ञानिक उत्पादन प्रणाली विकासको लागि सरकारसंग सोही अनुसारको नीति बनाईदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले कृषिको विकासको लागि नीतिगत व्यवस्था, वैज्ञानिक व्यवसायिकिकरण आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले त्यसको लागि महासंघले सय किसान अभियान सञ्चालन गरिएको पनि जानकारी गराउनु भयो । उक्त अभियानका माध्यमबाट पैसा, प्रविधी र प्राविधिकमा जोड दिईने छ । उहाँले विउ आयात रोकिने हो भने माटो खानुपर्ने अवस्था आउने बताउँदै सरकारले कृषिजन्य उद्योगको लागि राम्रो नीति लिनुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बुटवल उपमहानगरपालिका भित्र २ हजार ९ सय हेक्टर कृषियोग्य जमिन रहेको र नगरपालिकाले तरकारी विउ, मल, दुग्ध उत्पादनको लागि भकारो सुधार लगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भयो ।

त्यस्तै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले जमिनको खण्डिकरणले व्यवसायिक कृषिमा बाधा हुने बताउँदै जमिनको चक्लाबन्दी र सामुहिक खेती प्रणालीमा जोड दिनुभयो । कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज सर्वज्ञ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

संघले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको छ । यो दशौं संस्करणको कृषि मेला हो । पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अबौं बाहिरिरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकिकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।

पाँच दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधि जस्तै ः– धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदी) को प्रदर्शनी गरिने छ । त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गरिने छ । कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवद्र्धन गरिने छ । यसले स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल समावेश गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिने छ ।

गैरनाफामुलक मेलाको रुपमा आयोजना गरिएको कृषिमेलामा अधिकतम ५० स्टल रहेन छन् । मेलामा २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij