बुटवल
उद्यमशिलता विना गरिने पेशा व्यवसाय सफल नहुने भन्दै सहकारीका शेयर सदस्यहरुलाई सिप सिकाउने लक्ष्य सहित एक हप्ते तालिम प्रदान गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ७ को सहआयोजनामा शनिवार देखि बुटवलमा १ हप्ते उद्यमशिलता विकास तालिम संचालन भएको छ ।
तालिममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले हरेक पेशा व्यवसायको दर्ता देखि संचालनसम्मका प्रकृया गर्नका लागि पनि सिप जरुरी हुने भएकाले उद्यमशिलता लिएकाहरुको व्यवसाय सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्दका उपसचिव अमृत आचार्यले उद्योग कलकारखान खोलेर मात्र सफल नहुने भन्दै सिप र ज्ञान विना गरिने कुनै पनि व्यवसाय फष्टाउन नसक्ने दावि गर्नु भयो । उप सचिव आचार्यले उद्यमशिलता सिकेकाहरुले बनाएका योजना सार्थक र दीर्घकालिन रुपमा टिकाउ हुने धारणा राख्नु भयो ।
प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष विष्णु पुरीले तालिम लिएकाहरुले त्यसलाई व्यवहारमा पालना गरेमात्र तालिमको उपादयता हुने बताउनु भयो ।
प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेले सहकारीका शेयर सदस्यहरुलाई प्रदान गरिएको तालिमसंगै पेशा व्यवसाय गर्नका लागि आवश्यक परेमा आर्थिंक लगानी समेत उपलब्ध गराउन सकिने धारणा राख्नु भयो । उहाँले सिकेको सिपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।
चैत १८ गतेसम्म संचालन हुन उद्यमशिलता विकास तालिममा ३१ जना सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको छ । लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौका शाखा अधिकृत शालिकराम भटृराई ,नासु नारायण भुसाल लगायउत्पादनसंग जोडन सहकारीका सदस्यलाई उद्यमशिलता तालिम
प्रकाशित मिति : आइतबार, चैत्र १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्