प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न निर्देशन

प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न निर्देशन

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र महत्वपूर्ण विकास आयोजनाहरुको प्रगतिबारे भएको छलफलमा उनले समयमा काम गर्नका लागि कुनै समस्या भए समाधानका लागि प्रदेश सरकारले ध्यान दिने बताए।

प्रदेश सरकार गठनपछि राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुलाई बोलाएर दोश्रोपल्ट छलफल भएको हो ।

आयोजनाहरुको प्रगति विवरणको प्रस्तुतिकरणपछि मुख्यमन्त्री पोखरेलले संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भए पनि यहाँ सञ्चालित आयोजनाहरुमा प्रदेश सरकारको सरोकार बढी रहेको बताए ।

उनले समुदायतहमा समस्या भए स्थानीय तहसंग र केन्द्रीय तहमा कुनै समस्या भए संघीय सरकारसंग समन्वय गरी कामलाई प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।

छलफलमा बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजना, गौतमबुद्ध अन्तर्रािष्ट्रय बिमानस्थल आयोजना, लुम्बिनी विकास कोष, क्षेत्रीय शहरी विकास आयोजना भैरहवा, बुटवल सभाहल निर्माण कार्यान्वयन इकाई, सालझण्डी—सन्धिखर्क ढोरपाटन सडक आयोजना, मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना, सिक्टा सिंचाइ आयोजनाका प्रमुखहरुले अहिलेसम्मको प्रगति र समस्याका बारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : बुधबार, पुष १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij