काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनबाट पछि हट्दै सरकारले कम्पनीलाई व्यवस्थापनको जिम्मा दिने तयारी गरेको छ।
सरकारले कुनै टेन्डर आह्वान नगरी जर्मनीको कम्पनीलाई व्यवस्थापनको जिम्मा दिने तयारी गरेको हो ।
जर्मनीको म्युनिख विमानस्थललाई दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनाएका छन् ।
दुई देशीय सरकारबीचको सम्झौता (जीटूजी) अवधारणाअनुसार म्युनिख विमानस्थललाई व्यवस्थापन दिने तयारी भइरहेको उल्लेख गर्दै उनले भने, ‘१० दिनभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’
विमानस्थल निर्माण गरिरहेको नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले दुई साताअघि म्युनिख विमानस्थललाई व्यवस्थापकीय जिम्मेवारी दिने निर्णय गरेको हो ।
‘थुप्रै प्रस्ताव आएका थिए, तीमध्येबाट म्युनिखलाई प्राधिकरण सञ्चालक समितिले पारित गरेको हो । मन्त्रिपरिषद्ले सहमति दिएपछि दुई मुलुकबीच सम्झौता हुनेछ । त्यसपछि प्राधिकरणले म्युनिखसँग कुन मोडलबाट सञ्चालन गर्नेबारे टुंग्याउने छ,’ अधिकारीले भने, ‘हामी म्युनिखसँग हाम्रो सर्तअनुसार सम्झौता गर्नेछौं ।’
अधिकारीले म्युनिखले पाउने आर्थिक पक्षबारे पनि टुंगो लागिनसकेको बताए । ‘नाफा बाँड्ने वा अरू कुनै उपयुक्त मोडल अपनाउनेबारे त्यसैबेला टुंग्याइने छ ।’
प्राधिकरणका अनुसार म्युनिखले विमानस्थल सञ्चालन गरे पनि एयर नेभिगेसन सर्भिसअन्तर्गतका एयर ट्राफिक व्यवस्थापन, सञ्चार तथा उड्डयन सहायक, हवाई उडान सुरक्षालगायत संवेदनशील क्षेत्र हेर्न पाउने छैन ।
प्रकाशित मिति : बुधबार, पुष १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्