मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको वी.एड. चौथो वर्षका विद्यार्थीका लागि बुधबार “भाषिक अनुसन्धान तथा व्यवहारिक लेखन” प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली विषयतर्फका विद्यार्थी सहभागी प्रशिक्षणमा त्रिभुवन विश्वविद्यालयका उप –प्राध्यापक शालिकराम पौड्यालले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीको दिगो तथा बहुआयामिक विकाशका लागि क्याम्पसले विविध कार्यक्रम आयोजना गरिरहेको बताए ।
क्याम्पसको नेपाली विषयका प्रमुख माया घिमिरेको अध्यक्षता एवम् नेपाली विषयका सह–प्राध्यापक गोपाल पन्थीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षा तथा मानविकी संकायका संकाय प्रमुख नारायणप्रसाद भुसाल, प्रशिक्षार्थी विष्णुकुमारी पौडेल लगायतले बोलेका थिए ।
प्रकाशित मिति : बिहिबार, पुष १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्