काठमाडाैँ – सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् ।
मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि अधिकारी बुधबारबाट नियमित काम फर्किएका हुन् । राष्ट्र बैंक पुग्दा कर्मचारीहरूले अधिकारीलाई भव्य स्वागत गरेका थिए ।
काममा फर्किएपछि गभर्नर अधिकारीले आफूले सिष्टमका लागि आवाज उठाएको भन्दै यसमा सबैले साथ दिएको धारणा राखे । राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले विभिन्न घटना– परिघटनाले यस्तो परिस्थिति ल्याउने र आफु आग्रह, पूर्वाग्रहबिना काम गर्ने उनले बताए । बा
यसअघि अर्थमन्त्रालयले अधिकारीमाथि छानविन समिति गठन गरेपछि निलम्बनमा परेका थिए । त्यसपछि सर्वोच्च गएका अधिकारीलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो ।
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्