बुटवल
शुभलाभ बचत तथा ऋण सहकारी संस्थामा नयाँ शेयर सदस्यलाई सहकारी सम्बन्धि अभिमुखिकरण तालिम दिएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ मा रहेको उक्त सहकारीले शनिबार बुटवलमा तालिम कार्यक्रमको आयोजना गरि शेयर सदस्यहरुलाई सहकारी अभिमुखिकरण तालिम दिएको हो । सहकारीमा हाल संस्थामा ५ सय जना शेयर सदस्य छन् ।अभिमुखिकरण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो संस्थाका अध्यक्ष लालकाजी राजभण्डारीले शेयर सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान गरि ज्ञानमा बृद्धिसंगै सहकारीमा पनि सक्रियता बढाउनको लागि अभिमुखिकरण गरिएको बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाकर खनालले प्रशिक्षण दिनुभएको थियो ।प्रमुख गुणाकर खनालले शेयर सदस्यलाई सहकारीको सुरुवात देखी शेयर पूजी , ऋण लगानी नाफा बाडफाड शेयर सदस्यको लगानी लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो । सस्थाले यस अगाडी एस.ई.ई.डी.ल्याब्रोटरिज बुटवल प्रा.लि.बीच स्वास्थ्य उपचारमा सम्झौता गरेको थियो साथै सस्था जेष्ठ शेयर सदस्यलाई एकदिने र्धािमक तिर्थाटन गराएको थियो ।

संस्थाले प्रत्येक वर्ष नयाँ शेयर सदस्यलाई सहकारी सम्बन्धि अभिमुखिकरण तालिम दिदै आएको छ ।संस्थाका उपाध्यक्ष वसन्त जोशीको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष प्रविणमान श्रेष्ठ, सल्लाहकार द्वय सहदेवमान श्रेष्ठ, अमृतलाल श्रेष्ठ, लेखा समिति सदस्य रामनाथ गौतम, शिक्षा उपसमिति सदस्य मन्जु श्रेष्ठ, कर्जा उपसमिति सदस्य दिपक आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्