JanataToday.com

Advertisment

SKIP THIS

चार किलो सुनसहित तीनजना पक्राउ

चार किलो सुनसहित तीनजना पक्राउ

काठमाडौँः चीनबाट अवैधरुपमा भित्र्याएको चार केजी सुनसहित प्रहरीले तीनजनालाई धादिङबाट पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्याएको अवस्थामा प्रहरीकोे टोलीले गए राति पौने १० बजे उक्त सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।

प्रदेश तीनको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले दुईवटा मोटरसाइकलमा लुकाएर लाँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

रसुवाबाट नुवाकोट हुँदै धादिङको गल्छीबाट गजुरीतर्फ गइरहेको समयमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र त्यही ठाउँका अर्का एक युवक रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, पुष २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij