सैनामैना । रुपन्देहीको सैनामैनामा शिक्षण पेशालाई प्रविधिमैत्री बनाउन ५ दिने आईसिटी सम्बन्धी तालिम पुन: सुरु भएको छ ।
सैनामैनाका १८ सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक÷ शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्न र शिक्षण सिकाईमा प्रविधी भित्राउन २१४ जना शिक्षक मध्ये १२६ जना शिक्षकलाई तालिम प्रदान गर्न लागिएको नगरका शिक्षा शाखा अधिकृत धनिश्वर पन्थीले जानकारी दिए ।
उनले माध्यमिक तथा आधारभुत तहका शिक्षकहरुलाई सुचना,सञ्चार तथा प्रविधि सम्बन्धी तालिम सुरु गरिएको बताए ।
गत कात्तिक महिनामा ११५ जना शिक्षक शिक्षिकाकाहरुले पहिलो चरणमा तालिम लिएका थिए । अव तेस्रो चरणमा ८८ जना शिक्षकहरुले तालिम लिनेछन् ।
२५ गते सम्म ६० जना शिक्षकहरुले आइसिटि सम्बन्धी तालिम लिने छन् भने,बाकीं ६६ जनाले २६ देखी ३० गते सम्म सिक्ने छन् । ५ दिने तालिममा राकेश अग्रहरी र महेश अधिकारीले प्रशिक्षण दिनेछन् ।
सो अवसरमा बोल्दै सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धि ल्याउन र शिक्षण पेशालाई प्रविधि मैत्री बनाउन शिक्षकहरुका लागी तालिम सञ्चालन गर्न लागिएको बताए ।
सैनामैना वडा न.४ स्थित पर्रोहा माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रम नगरका शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रमको संचालन रामापुर माविका शिक्षक महेश अधिकारीले गरेका थिए ।
सैनामैनामा प्रोजेक्टरको माध्यमबाट विधार्थीहरुलाई अध्यापन गराउन यो तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिईएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्