JanataToday.com

Advertisment

SKIP THIS

श्रीमहलको पुनःनिर्माण हुँदै

श्रीमहलको पुनःनिर्माण हुँदै

काठमाडौँ । पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहल (पहिले श्रीदरबार) को पुनःनिर्माण हुने भएको छ ।

भूकम्पले भवनमा धेरै क्षति पु¥याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।

भवनमा कतिसम्म क्षति पुगेको छ भनेर कार्यालयले अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गरेको थियो ।

प्रतिवेदनमा प्रवलीकरण गरेर मात्रै नहुने, पूरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने उल्लेख छ ।

त्यसैका आधारमा पुनःनिर्माण गर्न लागिएको परियोजना प्रमुख गणेशराज वस्तीले बताए ।

भूकम्प गएको लामो समयसम्म पनि यो भवन पूरै भाग भत्काएर नयाँ बनाउने कि, क्षति पुगेका भागमा मात्रै काम गर्ने भन्ने विषय छलफल भइरहेको थियो ।

भवनको डिजाइन गर्न पनि लामो समय लागेको थियो । उनले भने, “सबै कुरा टुङ्गिएकाले अब भवन भत्काएर नयाँ निर्माण शुरु हुँदैछ ।”

काठमाडौँ उपत्यकामा रहेका अरु ऐतिहासिक भवनजस्तै यो भवनमा पुनःनिर्माण गर्दा पूरै भत्काएर पुनःनिर्माण गर्ने कि क्षति पुगेका भागमा मात्रै प्रवलीकरण गर्ने भन्नेमा एकमत थिएन ।

राणाकालीन यो संरचना निर्माण भएको १०० वर्ष पुग्न लागेको छ ।

प्राचीन स्मारक संरक्षण ऐनले १०० वर्ष पुरानो भवनलाई मात्रै समेट्ने हुँदा पुनःनिर्माण गर्न सकिने प्रमुख वस्तीले बताए ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij