भैरहवा । भैरहवा–परासी सडकखण्ड औद्योगिक करिडोरको रुपमा विकास हुन थालेको छ ।
५ बर्ष अगाडिसम्म २/४ वटा मात्र उद्योग रहेको सो सडकखण्डमा अहिले दर्जनौँ उद्योग स्थापना भएका छन् ।
तर आवश्यकता अनुसार विद्युत् प्रसारण लाइन नहुँदा भने समस्या भइरहेको छ ।
हुलाकी सडक मार्गको परिचय पाएको भैरहवा–परासी सडकखण्ड अहिले औद्योगिक करिडोरको रुपमा परिणत हुन थालेको छ ।
भैरहवा–लुम्बिनी कोरिडोरमा उद्योग स्थापनामा लगाइएको रोक तथा भैरहवा–बुटवल सडकखण्डको छेउँछाउ जग्गा अभाव भएपछि भैरहवा परासी सडकखण्ड उद्योगी व्यवसायीको रोजाइमा परेको हो ।
यस मार्गमा पछिल्लो पाँच वर्षमा ४० देखि ५० अर्वको लगानीमा दर्जनौँ उद्योगहरु स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल बताउँछन् ।
बोधी रेडशन होटल, लुम्बिनी कोइर, श्री स्टिल्स्, सिद्धिविनायक फुड्स, रोहिणी एग्रो, आरती एग्रो, गज्जबको चाउचाउ, रुसलान भोड्कालगायतका दर्जनौँ उद्योगहरु सञ्चालनमा छन् कैयौँ उद्योगहरु खुल्ने तयारीमा छन् ।
जसले यो क्षेत्र उद्योगको हव बन्दै गएको छ । लगानीकर्ता तथा व्यवसायीको आकर्षण र उत्साह निकै देखिएपनि आवश्यक विद्युत् नहुँदा उनीहरुलाई समस्या परेको छ ।
आवश्यकता अनुसारको विद्युत प्रशारण लाइन नभएपछि उद्योगीले वैकल्पिक उर्जामा अबौँ लगानी खर्चिनुपर्दा उत्पादन लागत बढ्ने गरेको व्यवसायी भरत कुमार पोखरेलको गुनासो छ ।
प्रकाशित मिति : शनिबार, पुष २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्