JanataToday.com

Advertisment

SKIP THIS

सहकारीको स्थापना दिवसमा रक्तदान

सहकारीको स्थापना दिवसमा रक्तदान

वुटवल

कालिकानगरमासञ्चालन गरिएको सजिलो बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १४ औं स्थापना दिवसको अवसरमा बिहिबार रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक गुणनिधी खनालले जानकारी गराउनु भयो ।
संस्थाका अध्यक्ष रामराज पोख्रेलले बुटवलमा रगतको अभाव देखिएको र रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस र रक्तदान गर्ने संस्कृतिको विकास गर्न सन्देशमुलक रुपमा संस्थाको स्थापना दिवसको अवसर परेर रक्तदान गरिएको बताउनु भयो ।
स्थानीय निर्वाचन सुरु भएपछि अहिले बुटवलमा रगतको अभाव सिर्जना भएको छ । संस्थाले गरेको रक्तदानले अभाव पूर्तिको लागि पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अध्यक्षता तथा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, शेयर सदस्य लगायत शुभचिन्तकहरुले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij