JanataToday.com

Advertisment

SKIP THIS

ट्रान्सपोर्ट व्यवसायीद्वारा ट्रक व्यवसायीमाथि गरेको आक्रमण कडा शब्दमा निन्दा गदै दोषिलाई कारवाहीको माग

ट्रान्सपोर्ट व्यवसायीद्वारा ट्रक व्यवसायीमाथि गरेको आक्रमण कडा शब्दमा निन्दा गदै दोषिलाई कारवाहीको माग

बुटवल
सरकारले तोकेको ढुवानी भाडा दर कार्यान्वयन गराउन भएको अनुगमनका क्रममा ट्रान्सपोर्ट व्यवसायीले ट्रक व्यवसायीमाथि सांघातिक आक्रमण गरेको भन्दै दोषीमाथि कारवाही गर्न माग गरिएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनीले यही जेठ २० गतेदेखि सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न÷गराउन आन्दोलित भएको थियो । सोही क्रममा पड्सरीमा ट्रकहरु संयुक्त पार्किङ स्थलमा जाने क्रममा ढाक्रे ट्रान्सपोर्ट र पौडेल ट्रान्सपोर्टका सञ्चालकहरुले अवरोध गर्दै अनुगमनमा हिंडेका पश्चिमाञ्चल यातायायत व्यवसायी समिति बुटवल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाका पदाधिकारीमाथि आक्रमण गरेका हुन् । सरकारले तोकेको भाडा दर कार्यान्वयन गराउने क्रममा ट्रान्सपोर्ट व्यवसायीहरुले गरेको उक्त आक्रमणको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिले घोर आपत्ति प्रकट गर्दै घटनामा संलग्नमाथि कारवाही गर्न माग गरेको छ । प्रदेश समितिका संयोजक यमप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमा समितिका पदाधिकारीहरुमाथि गरिएको आक्रमण र दुव्र्यवहार तथा पड्सरीस्थित संयुक्त काउन्टर र क्षेत्रीय कार्यालयमा तोडफोड र तालाबन्दी गर्नेहरुलाई कानूनी कारवाही गर्न माग गरिएको छ ।
यसैबीच अमर्यादित एवं गैरकानूनी कार्यमा संलग्न सिद्धार्थनगर नगरपालिका–८ का गोपालबहादुर पौडेल क्षेत्री, सियारी १ का परामान्द सापकोटा, ओमसतिया १ का रोशन क्षेत्री र रवि पाण्डेयलाई कारवाहीको माग गर्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष गुप्तबहादुर केसीले कारवाहीको माग गरेका छन् । यसअघि ट्रान्सपोर्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष श्याम हमालले सरकारले तोकेको ढुवानी भाडा दर कार्यान्वयनमा ऐक्यवद्धता जनाउंदै कार्यान्वयन नगर्ने व्यवसायीमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij