बिहीवारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप, अमेरिकाबाट आएलगत्तै सातै प्रदेशमा पठाइयो

बिहीवारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप, अमेरिकाबाट आएलगत्तै सातै प्रदेशमा पठाइयो

काठमाण्डाै – आउँदो बिहीवारदेखि २७ जिल्लाका बालबालिकालाई लगाउन पुग्ने कोरोनाविरुद्धको खोप प्रदेशमा पठाउन थालिएको सरकारले जनाएको छ ।

स्वास्थ्य सेवा विभागकाअनुसार हिजो अमेरिकाबाट आएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख मात्रा खोप प्रदेशमा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको हो । प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने विभागले जनाएको छ ।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने खोप अभियान विद्यालय केन्द्रित गर्ने तयारी छ ।  पहिलो चरणमा प्रदेश नम्बर १ का झापा, इलाम, सुनसरी, मोरङ मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशको  कास्की, नवलपरासी पूर्वमा खोप अभियान चल्नेछ ।

यस्तै लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने विभागले जनाएको छ। पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ ।

पहिलो चरणमा असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला र दोस्रो चरणमा भदौ ५ गतेदेखि ११ गतेसम्म बाँकी ५० जिल्लामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, असार ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij