बुटवल । लाईफ ईन्सोरेन्स करपोरेसन नेपाल लिमिटेड(एलआईसी) र साईन रेसुङ्गा डेभलपमेन्ट बैङ्क बीचमा बैङ्कासुरेन्स सम्पन्न भएको छ ।
आईतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी बैङ्क र एलआईसि बीच बैङ्कासुरेन्स भएको हो ।
योे बैङ्कासुरेन्स संगै बैङ्कले एलआईसीका बिमालेखहरु बेच्न सक्ने छ ।
एलआईसिका केन्द्रीय कार्यालयका कार्यकारी प्रमुख खभिजित घोस दस्तीदार, मार्केटिङ्ग हेड स्मृति राजकंडेल, बुटवल शाखा प्रमुख सुर्य बहादुर जीसी, एजेन्सी म्यानेजर नवराज गौतम तथा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, डेप्युटि जनरल म्यानेजर लोकराज पनेरु, बैङ्कासुरेन्स हेड नम्रता थापाको उपस्थीतिमा बैङ्कासुरेन्स सम्झौता सम्पन्न भएको छ ।

बैङ्कका ४० वटै शाखाबाट एलआईसिका बिमालेखहरुको किनबेच गर्न सकिने छ ।
एलआईसिका जिवन आनन्द, मनि ब्याक प्लान, सावधिक, जीवन तरंग, बालसावधिक लगायतका सम्पूर्ण पोलीसीहरु बैङ्क बाट खरिद गर्न पाईने छ ।
प्रकाशित मिति : आइतबार, पुष २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्