घरमै गएर अध्यक्ष लम्सालमाथि दुर्व्यवहार गर्ने ट्राफिक प्रहरीलाई कारवाही होस् : प्रेस युनियन

घरमै गएर अध्यक्ष लम्सालमाथि दुर्व्यवहार गर्ने ट्राफिक प्रहरीलाई कारवाही होस् : प्रेस युनियन

काठमाडौँ – नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले अध्यक्ष शिव लम्सालमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । युनियनले बिहीबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष लम्सालमाथि ट्राफिक प्रहरीले मानमर्दन हुने गरी घरमै गएर दुर्व्यहार गरेको भन्दै खेद व्यक्त गरेको हो ।

 

युनियनका अध्यक्ष लम्साललाई साउन ३१ गते साँझ नयाँ बानेश्वरस्थित उनकै निजी निवासमा पुगेर ट्राफिक प्रहरीले नियोजित रुपमा दुर्व्यहार गरेको युनियनको भनाई छ । युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लम्सालको घर नजिकै रेस्टुरेन्टअघि पार्किङ गरिएका सवारी साधानले सडकमा पुर्याएको अवरोध हटाउँदा रेस्टुरेन्ट सञ्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो ।’

 

यस्तै युनियनले लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हनन् गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा राखेर दुर्व्यवहार गरिएको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेको छ ।

 

युनियनका अध्यक्ष लम्सालले ट्राफिक नियम उल्लंघन गरेको र कारवाही गर्न खोज्दा नेताहरुको ‘पावर’ देखाएर ट्राफिक प्रहरीलाई थर्काउन खोजेको भन्दै उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो ।

 

प्रकाशित मिति : बिहिबार, भाद्र २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij