काेराेना सङ्क्रमणबाट थप २ जनाकाे ज्यान गयाे

काेराेना सङ्क्रमणबाट थप २ जनाकाे ज्यान गयाे

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार दुई सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा एक सय ३३ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा दुई हजार चार सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको विवरण भने प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij