JanataToday.com

Advertisment

SKIP THIS

वैतनिक कानून व्यवसायी प्रहरी हिरासतमा

वैतनिक कानून व्यवसायी प्रहरी हिरासतमा

मेलम्ची । जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उहाँमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिकोे जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ ।

खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने (प्रहरीले दिएको नाम) एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफँैले लेखेर आफँैले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ ।

हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताए । रासस

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij