लुम्बिनीका १२ जिल्लामा ट्राफिक प्रहरीका ५० वटा हेल्पडेस्क

लुम्बिनीका १२ जिल्लामा ट्राफिक प्रहरीका ५० वटा हेल्पडेस्क

बुटवल – चाडपर्व नजिकिँदै गर्दा यात्रुहरुलाई यात्राको क्रममा समस्या नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफीक प्रहरी ब्यवस्थापन कार्यालय बुटवलले बुटवल लगाएत लुम्बिनी प्रदेशका १२ जिल्लाका ५० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

यात्रुहरुको यात्रा सहज सुखद बनाउन हेल्प डेक्स यात्रु सहायता कक्ष सञ्चालन गरिएको राजमार्ग सुरक्षा ट्राफिक ब्यवथापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले बताए ।

यात्रुहरुको यात्रा सुरक्षित र सहज बनाउने सवारी साधन नपाएर अलपत्र परेका यात्रुहरुलाई गन्तवय मा पुर्याउन हेल्प डेक्स स्थापना गरिएको हो । तीन वटा संस्था, पश्चिम नेपाल बस ब्यबसायीको तर्फबाट एकजना नेपाल प्रहरीका एक जना र ट्राफिक प्रहरीको एकजना चौबिसै घन्टा खटिने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको प्रमुख थापाले जनाए ।

थापाले भने ‘गाडीमा मापसे गरेर झगडा गर्ने, चोरी–पाकेटमारी गर्नेलाई नेपाल प्रहरीले कावाही गर्नेछ भने सवारी साधन नपाएका टिकट लिएरपनि आफ्नो सवारी साधनसम्म जान नसकेका अपाङ्ग,असाहायलाई प्रालिका र्कमचारीले सहयोग गर्ने र सिट भन्दा धेरै यात्रु राखेमा,इजाजत पत्र तोकेभन्दा अन्यत्र जान खोजेमा,ओभरलोड डबल टिकट भएमा ट्राफिक प्रहरीले ब्यवस्थापन गर्नेछ ।’

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले हेल्प डेक्सले यात्रुहरुलाई सहज र सुरक्षित बनाउने बताए । उनले भने ‘हामी ब्यवसायीले राज्यले दिनुपर्ने सुविधा भन्दा राम्रो सेवा दिएका छौं । सडकमा गुड्दै गरेका सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले गर्ने ब्यवहारमा समेत सुधार आउनु पर्छ । निजी सवारीहरुलाई जानुस भन्ने तर, सार्वनिक जस्ले धेरैको सेवा गरेको हुन्छ, उसलाई जा गैहाल जस्ता शब्दले पनी चालकहरुलाई हेरेसमेन्ट गरेको छ यसलाई सुधार गर्नु जरुरी छ ।’

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले यात्रुहरुको सुरक्षा र सहज यात्रामार्फत गन्तव्यमा पुर्याउन ब्यवसायीहरुको दायित्व रहेको भन्दै यात्रु सहायता कक्ष स्थापनाले धेरै यात्रुहरुलाई सहयोग मिल्ने बताए ।

यातायात मजदुर संगठनका नेता ठाकुर गैरेले सबै पक्ष मिलेर यात्रुहरुको यात्रा सुरक्षित र सहज बनाउनु पर्ने बताए । उनले चालक र सहचालक मात्र नभई यात्रुहरुपनि जिम्मेवार भएर यात्रा गर्न जरुरी रहेको बताए ।

कार्यक्रमा प्रहरी नायब उपरीक्षक मोहन खाँण,प्रहरी निरीक्षक अमृत भण्डारी, प्रा.लिका.जीवन बन्जाडे, नाराण घिमिरे रामचन्द्र भुसाल, हुमान्द खनाल लगाएतले सुभकामना दिएका थिए ।

प्रकाशित मिति : शनिबार, असोज ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij