एकै दिन १ हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

एकै दिन १ हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

काठमाण्डाै – नेपालमा हिजो आइतवार एकै दिन एक हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । अस्ति शनिवार बेलुकीसम्म २४ हजार चार सय ९२ जना डेङ्गीका बिरामी भेटिएकामा हिजो बेलुकीसम्मको तथ्यांकअनुसार २५ हजार पाँच सय ४३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो एकै दिन डेङ्गी संक्रमणका कारण तीन जनाको ज्यान गएको छ । याेसहित नेपालमा डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यो विवरण गएको साउन महिनापछिको हो ।

देशका ७६ जिल्लामा डेङ्गी पुष्टि भएकोमा सबैभन्दा धेरै काठमाण्डाैमा आठ हजार आठ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ६ हजार दुई सय १८ र भक्तपुरमा आठ सय ८१ गरी काठमाण्डौ उपत्यकामा डेङ्गी संक्रमितको संख्या १२ हजार ३५ जना पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार दुई सय ७५ जनामा संक्रमण देखिएको छ । धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुलामा दुई सय जनाभन्दा बढीमा डेङ्गी पुष्टि भएको छ । डेङ्गीबाट बच्ने उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको डाक्टरहरूले बताएका छन् ।

प्रकाशित मिति : सोमबार, असोज १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij