अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

अफगानिस्तानले पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान सरकारले आफ्नो देशमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको हो । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा पछिल्ला वर्ष तनाव बढ्दो छ ।

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिवारदेखि नै लागू भएको हो । तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी मुद्रा (रुपैयाँ) को प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध गरिएको घोषणा गरेको छ ।

यो आदेश तालिवानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एसोसिएशनलाई जानकारी गराएको थियो । आदेश अनुसार स्थानान्तरण, व्यापार र मुद्रा विनिमयसहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ ।

गएको वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij