भारतीय कम्पनीको रुघाखोकीको औषधि ६६ जना बालबालिकाको मृत्युसँग सम्बन्धित, डबलुएचओद्वारा चेतावनी जारी

भारतीय कम्पनीको रुघाखोकीको औषधि ६६ जना बालबालिकाको मृत्युसँग सम्बन्धित, डबलुएचओद्वारा चेतावनी जारी

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकाका लागि भनेर उत्पादन गरेको रुघाखोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।

गाम्बियामा रुघाखोकीको औषधि खाएका ६६ जना बालबालिकाको ज्यान गएको र ज्यान जानुमा त्यही औषधिको कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको औषधि प्रयोग नगर्न सुझाव दिएको हो ।

डब्लूएचओले हिजो मिडिया बिफ्रिङका क्रममा गाम्बियामा दिइएको चार प्रकारका औषधिका कारण बालबालिकाको ज्यान गएको हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

औषधिबाट मिर्गौलामा गम्भीर असर र ६६ बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको डब्लुएचओले जनाएको छ । यो औषधि भारतको मेडन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो ।

यो औषधि अन्य देशमा पनि निर्यात भएको हुन सक्ने भन्दै ती देशलाई पनि यो औषधि प्रयोग नगर्न डब्लुएचओले आग्रह गरेको छ । यो औषधि बारे डब्लुएचओ र भारतको नियामक प्राधिकरणले अनुसन्धान थालेका छन् ।

यो औषधिमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलको अनुचित मात्रा पाइएको द हिन्दु पत्रिकालाई उल्लेख गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij