अर्घाखाँची : पहिरोको जोखिमका कारण खाँचीकोटका ४१ परिवार विस्थापित

अर्घाखाँची : पहिरोको जोखिमका कारण खाँचीकोटका ४१ परिवार विस्थापित

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकाेटको भुजुङ्गेमा पहिरोको जोखिमका कारण ४१ घरपरिवार विस्थापित भएका छन् ।

पहिरोको उच्च जोखिमका कारण ४१ दलित परिवारका १ सय ६१ जना विस्थापित भएका वडाअध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा सारिएको छ । जसमा ४ जना गर्भवती र ४ जना सुत्केरी समेत रहेका छन् ।

सिङ्गो गाउँका केही घरहरु पहिराेले भत्किएका छन् । केही घरहरु उच्च जोखिममा रहेका छन् । ती घरहरु नै अन्यत्र सार्नुपर्ने अवस्था रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले बताउनुभयो । विद्यालयमा बसेका विस्थापितलाई उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ ।

तत्कालका लागि चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घका महासचिव तुलसी खनालले बताउनुभयो । पहिरोमा परेर घर गुमाएका भुजुङ्गेका दलित परिवारलाई २० थान कम्बल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिनुभयो ।

पहिरोले अर्घाखाँचीमा कुल १ सय ११ घरपरिवार  विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक ठाउँमा बसोबासको व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij