JanataToday.com

Advertisment

SKIP THIS

सञ्चारिका समूह लुम्बिनीमा पदस्थापन

सञ्चारिका समूह लुम्बिनीमा पदस्थापन

बुटवल । सञ्चारिका समूह लुम्बिनीको पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ । नवनिर्वाचित कमिटीलाई एक कार्यक्रमका बिच पदस्थापन गरिएको हो ।

कार्यक्रममा प्रदेश ५ प्रदेश पत्रकार महासंघका उपाध्यक्ष पत्रकार भरत केसी पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसी संगै सञ्चारिका समूह लुम्बिनीका निर्वतमान अध्यक्ष अमृता अनमोलले संयुक्तरुपमा पदस्थापन गराए ।

सो कार्यक्रममा पत्रकार महासंघका प्रदेश उपाध्यक्ष केसीले महिला पत्रकारिताको क्षेत्रमा सञ्चारिका समूहले निकै महत्वपुर्ण योगदान गरेको बताए। सञ्चारिका समूहका कतिपय सदस्यहरु राम्रो मिडियाहरुमा समेत आवद्ध रहेको बताउदै त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले रुपन्देहीको पत्रकारितालाई निकै महत्वकासाथ हेरिएको बताए । उनले हामी सबै एकै ठाउँमा रही काम गर्नुपर्ने साथै पत्रकारिता क्षेत्रमा अवसर सँगसँगै विभिन्न चुनौतिहरु पनि रहेको समेत बताए ।

त्यस्तै कार्यक्रममा क्रियाशील महिला पत्रकार समाजका अध्यक्ष भगवती पाण्डेयले अहिले रुपन्देहीका धेरै महिला पत्रकारहरु केन्द्रिय मिडियामा समेत काम गरिरहेको र यसलाई अझ निरन्तरता दिनुपर्ने र गुणात्मक तरिकाले यो संख्या बढिरहेको बताइन् ।

कार्यक्रममा अग्रज पत्रकार साथै सो समूहकी सल्लाहकार दुर्गा पौडेलले महिला पत्रकारको ठुलो जमात तयार भएको र यसलाई अझ निरन्तरता दिनुपर्ने बताइन् ।

निवर्तमान अध्यक्ष अमृता अनमोलले विभिन्न चुनौतिका बिच सञ्चारिका समूहको यो अवस्थामा आइपुगेको र यसलाई अझ उत्कृष्ट तरिकाले नवनिर्वाचित समूहले अघि बढाउने आशा र शुधेच्छासमेत व्यक्त गरिन्।

त्यस्तै नवविर्नाचित अध्यक्ष निरु गौतमले महिला पत्रकारको अझ क्षमता बढाउने र सञ्चार माध्यममा टिकाइराख्नको लागि विभिन्न किसिमका योजना र कार्यक्रममलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : बुधबार, पुष २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij