JanataToday.com

Advertisment

SKIP THIS

भारतबाट बढेर आयो डिजेल र हवाई इन्धनको मूल्य

भारतबाट बढेर आयो डिजेल र हवाई इन्धनको मूल्य

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार पेट्रोलमा रु१.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको छ ।  नयाँ मूल्यले डिजेलमा रु ६.३४ प्रति लिटर घाटा  र एलपी ग्यासमा रु ३२५.४४ प्रति सिलिन्डर घाटा हुने भएपनि पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ ।

यद्यपि निगमले इण्डियन आयल कर्पोरेशन , नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब रु ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको अवस्था छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग रु ७ अर्व र राष्ट्रिय वाणिज्य बैंकसँग रु ३ अर्व ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आईरहेको छ ।

प्रकाशित मिति : सोमबार, असोज ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij