कृर्षीलाई प्राथमीकतामा राखेर अगाडी बढ्छौ : गृहमन्त्री खाण

कृर्षीलाई प्राथमीकतामा राखेर अगाडी बढ्छौ : गृहमन्त्री खाण

भैरहवा-गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थय सगैं कृर्षी क्षेत्रमा पनि प्रचुर संभावन रहेको उल्लेख गर्दै सरकारले यहाँको कृर्षी क्षेत्रलाई पनि प्राथमीकतामा राखेर काम गरीरहेको बताएका छन् ।
नेपाली कांग्रेसका प्रभावसाली केन्द्रीय सदस्य एवं पाँचदली गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधी सभा उम्मेदवार समेत रहेका मन्त्री खाणले गहुुँको सिजनमा मल अभाव हुन नदीने गरी नेपाल सरकारले भारत सरकारसगं जिटुुजी मार्फत रासायनीक मल खरी प्रक्रीया अगाडी बढाएको जानकारी दिए । दिर्घकालीन रुपमै मलको अभाव हुुन नदीन सरकारले स्वदेसमै रसायनीक मल कारखाना स्थापना गर्ने योजना समेत अगाडी बढाएको उनले बताए ।
गठबन्धनद्धारा भैरहवा र ओमसतीयमा आयोजित कार्यक्रममा बोल्दै उनले रुपन्देहीको कृर्षी क्षेत्रलाई उच्च प्राथमीकतामा राख्दै सरकारले सेमलारमा देसकै ठुलो कृर्षी थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको बताए । उनले कृर्षी थोकबजार स्थापना पछि यहाँ तरकारी तथा फलफुुलजन्य बस्तुको उत्पादन बढ्ने त्यसलाई भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रि बिमानस्थलबाट कार्गो प्रयोग गरी बिदेस निर्यात गर्न सकीने उल्लेख गरे । मन्त्री खाणले यसबाट हजारौ रोजगारी सिर्जना हुने भन्दै उनले भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दावी गरे ।
त्यस्तै आफु सिचाई मन्त्री हुँदा जिल्लामा सिचाईकालागी जनताको तटबन्धन, स्यालो ट्युुवेल जडान जस्ता कार्यक्रम ल्याएको स्मरण गराउदै भविष्यमा पनि कृर्षी क्षेत्रको बिकासकालागी आवश्यक पुर्वाधार निमार्ण गर्न केन्द्र सरकारबाट बजेट ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए । गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (क) का प्रदेश सभा उम्मेदवार एवं पुर्व मन्त्री सन्तोस कुमार पाण्डेयले बिकासकालागी धर्म, जात, भाषा, क्षेत्रीयता भन्दा माथी बिकास प्रेमी नेतालाई बिजयी बनाउन आग्रह गरे । उनले आफुु छोटो समयकालागी मन्त्री हुँदा भैरहवा क्षेत्रकोलागी बिकासकालागी सकारात्मक पहल गरेको जानकारी गराउदै भविष्यमा यहाँको अझ बिकास र समृद्धीकालागी प्रतिबद्ध भएर जनतासगं हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij