डिङ्गरनगर दुरगामी सहकारी संस्थाको साधरण सभा सम्पन्न 

डिङ्गरनगर दुरगामी सहकारी संस्थाको साधरण सभा सम्पन्न 

 

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा ३ मा रहेको डिङ्गरनगर दूर्गामी बचत तथा ऋण सहकारी सस्थाको लिमिटेड को शनिबार दोस्रो साधरण सभा सप्पन्न भएको छ ।

कार्यक्रममा सस्थाले आफ्ना उपभोक्तालाई मिल्क क्यान (दुध बोक्ने भाँडो) प्रदान गरेको छ । दुध संकलन तथा विक्रि वितरण गर्दै आएको उक्त सहकारीले सञ्चालन गरेको बिक्रि केन्द्रबाट दुध लैजाने नियमित उपभोक्तालाई मिल्क क्यान उपलब्ध गराएको हो ।

यस अगाडि प्लाष्टिकमा विक्रि वितरण गर्दै आएको उक्त सहकारीले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरि तिलोत्तमा नगरपालिले संचाल गरेको शुन्य पोलिथिन अभियानलाई सहयोग गर्ने उद्देश्य सहित मिल्क क्यान वितरण गरिएको संस्थाका अध्यक्ष घनश्याम तिवारीले बताउनु भयो ।

उक्त सहकारीबाट नियमित दुध उपभोग गर्ने ३ सय बढी उपभोक्ता रहेका छन् । त्यस्तै करिव २० वटा पसलले पनि नियमित दुध लैजाने र उपभोक्तालाई विक्रि वितरण गर्दै आएको सहकारीका व्यवस्थापक बसन्तप्रसाद पराजुलीले जानकारी गराउनु भयो ।

त्यस्तै उक्त सहकारीले उत्पादन र विक्रिवितरणलाई प्रातथमिकता दिँदै उत्पादित दुग्धजन्य उत्पादनको बजार विस्तार गर्नको लागि आवश्यकता अनुसार विक्रि केन्द्र स्थापना गर्ने भएको छ । संस्थाको शनिबार सम्पन्न साधारण सभाले दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरण तथा बजार विस्तार गर्नको लागि आवश्यकता अनुसार विक्रि केन्द्र स्थापना गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष घनश्याम तिवारीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

हाल सहकारीले रुपन्देहीका बिधिन्न स्थान गोरकट्टा, धकधई, टिकुलीगढ समेतबाट दुध संकलन गर्दै आएको छ भने संकलित दुध तथा प्रशोधित दुग्धजन्य परिकार तिलोत्तमाको वडा नं. ३ संस्थाको कार्यालयमा रहेको विक्रि केन्द्रबाट विक्रि वितरण हुँदै आएको कोषाध्यक्ष सुरेन्द्रमान बज्रचार्यले जानकारी गराउनु भयो । उहाँका अनुसार हाल संस्थाले सरदर दैनिक ६ सय लिटर दुध संकलन गरि दुध तथा प्रशोधित दुग्धजन्य पदार्थ विक्रि वितरण गर्दै आएको छ ।

२०६७ सालमा स्थापना भएको दुरगामी वचत तथा ऋण सहकारी संस्था र २०५० सालमा स्थापना भएको डिङ्गरनगर दुग्ध उत्पादक संहकारी संस्था बिच दुई वर्ष अगाडि मात्रै मर्जर गरिएको थियो । मर्जर अगाडि पनि डिङ्गरनगर दुग्ध उत्पादक सहकारी संस्थाले दुधको संकलन तथा वितरण गर्दै आएको थियो । त्यसबेला दैनिक २ सय लिटर दुध संकलन तथा विक्रि वितरण भएको थियो भने अहिले दैनिक ६ सय लिटर पुगेको कोषाध्यक्ष शाक्यले बताउनु भयो ।

त्यस्तै संस्थाले वचत तथा ऋणलाई भन्दा उत्पादनलाई जोड दिएको छ ।

हाल सञ्चालनमा रहेको भवनको भुई तलामा विक्रि केन्द्र स्थापना गर्ने र त्यसको माथि तला थप्ने प्रस्ताव पनि पारित भएको छ । त्यस्तै अन्य व्यवसायिक कार्य गर्ने प्रस्ताव पारित गर्दै साधारण सभाले रुपन्देही जिल्ला कार्य क्षेत्र रहेको उक्त सहकारीलाई लुम्बिनी प्रदेश स्तरीय बनाउने प्रस्ताव पारित गरिएको संस्थाका अध्यक्ष घनश्याम तिवारीले बताउनु भयो । अव संस्थाले क्रमशः लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सहकारीका गतिबिधिहरु अगाडि बढाउने छ ।

संस्थाको कार्यक्षेत्र भित्र पर्नेगरी आवश्यकता अनुसार संस्थाको सेवा केन्द्र सञ्चालन गर्ने प्रस्ताव पनि पारित भएको छ । यसले बाँकी जिल्लामा सदस्यता विस्तार तिब्र रुपमा भयो भने सेवा केन्द्र सञ्चालनको लागि सहज वातावरण बन्ने सचिव रामबहादुर थापा क्षेत्रीले बताउनु भयो ।

त्यस्तै संस्थागत हित र विचार मिल्ने सहकारीसंग एकिकरण गर्नको लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । दुध तथा दुग्धजन्य उत्पादन ढुवानीको चारपांग्रे सवारी साधान गरिद गर्ने, संस्थालाई उद्योग सञ्चालन गर्दा आवश्यक पर्ने उपकरणहरु (यंत्र, औजार, मेसिन लगायत) तथा कच्चा पदार्थ खरिद गरि आयात गर्ने, आगामी आर्थिक वर्षदेखि व्यवसायिक कार्य सञ्चालन गर्ने, दुग्ध व्यवसायलाई थप व्यवसायिक तरिकाले सञ्चालन गर्न आधुनिक उपकरण जडान गर्न आवश्यक परेकाले प्लान्ट खरिद गर्ने लगायतका प्रस्ताव पारित भएको सचिव थापा क्षेत्रीले बताउनु भयो ।

संस्थाको मर्जर पश्चात संस्थागत विकासमा उल्लेखनीय सुधार आएको बताउँदै यसलाई अझै समुन्नत बनाउने लक्ष्य लिईएको उपाध्यक्ष बलराम न्यौपाने बताउनु हुन्छ ।

साधारण सभामा प्रमुख अतिथी संस्थाका संरक्षक बलराम पौडेल, वचत तथा ऋण सहकारी संघ रुपन्देहीका सञ्चालक रामप्रसाद पौडेल, संरक्षक कुमार बहादुर सिंह, सल्लाहकार हरिप्रसाद तिवारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, शेयर सदस्य रमा बोगटी, बुद्धिप्रसाद ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij