बुटवल
बुटवल उपमहानगरपालिका मा वडा नम्बर १३ मा रहेको महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारी संस्था लिमिेटेड कोे छैठो साधारण सभा आज साथ आज बुटवलको बेलबासमा रहेको अर्घाखाची पार्टील प्यालेसमा सम्पन्न भएको छ । बुटवलको वडा नं १३ मा रहेको उक्त सहकारी संस्थाको वार्षिक साधारण सभाले सहकारी सिद्धान्त अनुरुप आफना सदस्यहरुको आर्थिक तथा समाजिक बिकासको लागि सेवा तथा सुविधा उपलब्ध गराउन वितिय कारोबार मात्र नभै हरेक सदस्य संग केन्द्रित रहेर सामाजिक कृयाकलापमा जोडिएर सदस्य केन्द्रित कार्यक्रम संचालन गर्ने संस्था प्रयत्नसील रहेको साथै शेयर सदस्य बृद्धि कार्यलाई निरन्तरता दिएर यस बर्ष ४५० पूरयाउने सहकारीको कार्य क्षेत्र बिस्तार गर्ने सदस्यहरुको मनोभावलाई मध्यनजर गरि कुनै उद्यमसिल कार्य सुरु गर्ने बिश्वास दिलाउदै विगतका कार्यक्रमलाई निरन्तरता दिने गरि अध्यक्ष संस्थाका अध्यक्ष नमकला बेलबासेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरेको छ । सस्थाले विगत बर्ष देखि शेयर सदस्य मध्ये संस्थका जेष्ठ सदस्यलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान साथै त्यसै अवसरमा सहकारीको सदस्य बृद्धिमा विशेष योगदान गरेका शेयर सदस्य लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

साधारण सभाको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाकर खनालले सहकारीलाई नियमन गर्ने तीन तहमा व्यबस्था भएपनि संघ र प्रदेशमा संयन्त्र नै नबनेका कारण समस्या देखिएको बताउनु भयो । उहाँले सहकारीले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने मात्रै भन्दा पनि अव सहकारी ऐनमा व्यबस्था भए अनुसार ३० प्रतिशत मुख्य काम सहित उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नीति, बिधि र प्रविधी अंगालेर काम गर्न पनि सुझाव दिनुभयो ।
सस्थालाइ अधि बठाउन सहयोग गर्ने सल्लाहकार पुरुषोत्तम बस्याल खिमानन्द पौडेललेछैठा बर्ष आइपुगेकोमा शुभकामना दिदै र आगामी दिनमा पनि सहकारी ले सहकारीका सदस्यले हरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिमहरु राखीै राम्रो कामहरुलाई अगाडि बढन आग्रह गर्नु भयो ।साथै अतिथिहरु विवेकसील बचत तथा रिण सहकारी संस्थाका अध्क्षय पूर्ण बहादुर कार्की उज्यालो बचत तथा रिण सहकारीका अध्यक्ष जीवलाल पन्थी जितेश्वरी बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष नारान श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो साधारण सभामा सस्थाका कोषध्यक्ष अम्बिका पन्थीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ भने सस्थाको आर्थिक बर्ष २०७८र २०७९को आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समितीका संयोजक राधा पोखरेल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सस्थाका उपसभापति लक्ष्मी भण्डारीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सस्थाका सचिव खिमा भुषालले सञ्चालन गर्नु भएको थियो

प्रकाशित मिति : आइतबार, मंसिर २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्