पाल्पा । रामपुर नगरपालिका–६ तालपोखरा बस्ने एक वृद्धा कालीगण्डकीमा बेपत्ता भएकी छन् ।
६७ वर्षीया कमला भण्डारी आइतबार रामपुर–६ स्थित तातोपानीघाटको झोलुङ्गे पुल नजिकैको कालीगण्डकीको किनाराबाट हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भूपालसिं रानाले जानकारी दिए ।
नदीमा बेपत्ता भण्डारीको प्रहरी र स्थानीयवासी, आफन्तले खोजी गरिरहेका छन् ।
यसैबीच कालीगण्डकीमा नुहाउने क्रममा एक युवा बेपत्ता पनि बेपत्ता भएका छन् ।
आइतबारको समयमा चापाकोट नगरपालिका–१ स्थित कालीगण्डकीमा नुहाउन गएका वर्ष १६ का चितवन कालिका नगरपालिका घर भएका केशवप्रसाद चेपाङ बेपत्ता भएका हुन् ।
नदीमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता चेपाङको खोजी कार्य जारी रहेको प्रहरी चौकी चापाकोटका प्रमुख जगदीश तिमिल्सनाले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, पुष ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्