इन्द्रेणीमा जीवन उपयोगि सीप सम्वन्धि प्रशिक्षण

इन्द्रेणीमा जीवन उपयोगि सीप सम्वन्धि प्रशिक्षण

बुटवल,

बुटवल सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरेर रजत महोत्सव मनाइ रहेको छ । इन्द्रेणीले रक्तदान, सहकारी अन्तत्र्रिmया, वक्तृत्वकला, जीवन उपयोगि सीप लगायतका कार्यक्रम गरेर रजत महोत्सव मनाउदै छ । कार्यक्रम अन्तरगत बिहीबार जीवन उपयोगि सीप तथा कुर्चि दौड कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष धुर्व कुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ट उत्प्रेरक नेत्र पोखरेलले जीवनको महत्व र जीउने कलाका बारेमा प्रशिक्षण दिनु भएको थियो । जीवनको महत्व, जीवन जीउने कला, खुशी र सुखी जीवनशैली लगायतका बारेमा पोखरेलले सहजिकरण गर्नु भएको थियो । सहकारीका सदस्य धनी आलेको संयोजकत्वमा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष शिवलाल राना, पुर्व कोषाध्यक्ष दलबहादुर राना, सदस्य राधेश्याम राजभण्डारी लगायतले जीवनको महत्वका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो । सोही अवसरमा आयोजित कुर्चि दौड प्रतियोगितामा तुल्सा पाण्डेय प्रथम, दोस्रो तिला बगाले द्वितीय हुनुभयो । २० जना प्रतिस्प्रर्धी महिलाहरुलाई पछि पार्दै तुल्सा र तिला विजयी हुनु भएको संस्थाका ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, पुष १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij