काठमाण्डौमा आज यसवर्षकै चिसो, भोलि बाग्मती, गण्डकी र लुम्बिनीमा पानी पर्ने सम्भावना

काठमाण्डौमा आज यसवर्षकै चिसो, भोलि बाग्मती, गण्डकी र लुम्बिनीमा पानी पर्ने सम्भावना

काठमाण्डाै – देशैभर मौसम बदली भएको छ । धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।  आज पहाडी क्षेत्रको मौसम दिउँसो पनि आंशिक बदली हुने सम्भावना छ ।

तराईका जिल्लामा भने आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो  लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाण्डौसहित पहाडी जिल्लामा भने हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । तर आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।

आज दिनभरजसो मौसम आंशिक बदली रहने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । आज काठमाण्डौमा यसवषकै चिसो छ । हिजोको तुलनामा आज काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसले घटेको छ । हिजो ६ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ ।

यसैबीच, भोलि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । यसपालि अहिलेसम्म हिउँदे वर्षा सुरु हुन सकेको छैन । तर, पश्चिमी न्यून चापीय प्रणालीको असर पर्न थालेकाले भोलि हल्का वर्षाको अनुमान गरिएको हो ।

यो प्रणालीका कारण आज रातिदेखि नै चिसो अझ् बढ्ने अनुमान छ । हिमाली र उच्च पहाडी जिल्लामा आज रातिदेखि नै हिमपात हुने अनुमान छ । मौसमविद्का अनुसार पर्सि फेरि मौसममा सुधार आउने सम्भावना छ ।

प्रकाशित मिति : शुक्रबार, पुष ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij