काठमाडौँ । अख्तियारले रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीता पन्थीलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले पन्थीलाई एक लाख घुससहित काठमाडौँ १४ स्थित एनएमबी बैंकको पार्किङ स्थलबाट पक्राउ गरेको हो ।
रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको कर तिन जाँदा राजश्व रकम कम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको र सो रकम छोरी पोषण पन्थीलाई राख्न दिएको सुचनाको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
प्रकाशित मिति : मंगलबार, माघ १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्