JanataToday.com

Advertisment

SKIP THIS

नेपाल सुनचाँदी व्यवसायी महासंघको १०ओैं स्थापना दिवस सम्पन्न

नेपाल सुनचाँदी व्यवसायी महासंघको १०ओैं स्थापना दिवस सम्पन्न

बुटवल– रुपन्देही सुनचाँदी व्यवसायी संघले नेपाल सुनचाँदी व्यवसायी महासंघको १० आौँ स्थापना दिवस शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरी मनाएको छ।

कार्यक्रममा महासंघका उपाध्यक्ष जोगलाल बिश्वकर्माले सुनचाँदीको अभावले व्यवसायीलाई समस्या भएको बताउँदै उक्त समस्या समाधानका लागि महासंघबाट निरन्तर पहल कदमी भरहेको उनले बताए। सुनचाँदी व्यवसायमा परेका समस्या समाधान तथा शान्ति सुरक्षाको स्थितिमा सुधारका लागि महासंघ लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

नेपाल सुनचाँदी व्यवसाय संघ लुम्बिनी प्रदेशका सह सचिव हरि बहादुर सुनारले पछिल्ला दिनमा व्यसायीहरुले धेरै किसिमका समस्या झेल्नु परेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन अहिलेदेखि नै सजग हुनुपर्ने बताए। व्यवसायीहरुलाई अनावश्यकरुपमा दुःख दिइने गरेको उल्लेख गर्दै उनले यस्ता क्रियाकलाप तत्काल अन्त्य हुनुपर्ने बताए।

संघका वरिष्ठ उपाध्यक्ष यसरत्न बज्रचार्यको अध्यक्ष्यतामा भएको कार्यक्रममा सल्लाहकार सुरेसरत्न बज्रचार्य ,तिलोत्तमा सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष सुरज गहतराज,लगायत पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij